मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वादिलो मसलाजन्य परिकार अदुवाका ७ फाइदा

हाम्रो भान्सामा सदाबहार पाइने अदुवा स्वास्थ्यका लागि निकै फाइदा जनक छ । भनिन्छ अदुवा एक मसाला मात्र नभई स्वास्थ्यका लागि गुणकारी खाद्य सामग्री समेत हो । 

अदुवा निकै स्वादिलो मसलाजन्य परिकार हो । यो जति स्वादिलो छ उत्तिकै गुणकारी तथा लाभदायी पनि हुन्छ । अदुवामा जिंगेरोल नामक तत्व हुन्छ जुन शक्तिशाली औषधीय गुणयुक्त तत्व हो । अदुवाको नियमति सेवनले शरिरमा धेरै फाइदा  ।

यसले रक्तप्रवाहलाई सन्तुलित बनाउन सहयोग गर्दछ । अदुवामा क्रोमियम, म्याग्नेसियम तथा जिंक लवण पाइन्छ जसले रक्तप्रवाहलाई नियमित र सन्तुलित बनाउँदछ । अदुवामा आइरन, क्याल्सियम, आयोडिन, क्लोरिन र भिटामिनसहित थुप्रै पौष्टिक तत्व पाइन्छ । 

साथै, अदुवालाई एक शक्तिशाली एन्टिभाइरल पनि मानिन्छ । यसले पाचन क्रियालाई बलियो बनाउँछ । अदुवालाई ताजा र सुख्खा दुबै रुपमा प्रयोग गर्न सकिन्छ । यस्ता छन्, अदुवाका फाइदा ।

१. अदुवाले एसिडिटी नियन्त्रण गर्दछ । यदि खाना खाएपछि आउनु विभिन्न समस्यालाई पनि अदुवाले रोकथाम गर्दछ ।
२. तपाईको शरिरमा चिटचिटाहट वा बसिरहँदा पनि थकान महसुस गर्नुहुन्छ भने अबदेखि दिनहुँ अदुवा खानुस, यी समस्याको समाथान हुन्छ ।
३. अदुवाले क्यान्सर लाग्न बाट बचाउँछ ।
४. अदुवाले खाना पचाउन मद्दत गर्दछ ।
५. अदुवाले टाउको दुख्ने समस्याबाट निराकरण गर्दछ भने टाउको दुखेको बेला कम पनि गर्दछ । माइग्रेनका लागि अदुवा उपयोगि औषधी पनि हो ।
६. यदि तपाई हाम्रो पेट बढेर चिन्तित खुनुहुन्छ भने अदुवा खानुभयो भने तपाईको तौल घटाउन सहयोग पुर्‍याउँछ ।
७. अदुवाले मासंपेशी दुख्ने समस्यालाई पनि कम गर्दछ ।

अदुवा  गुणयुक्त तत्व भएकाले तपाईले यसलाई आफ्नो अनुकुल समय अनुसार चियामा पकाएर तथा खाना पकाउदा तरकारीमा मसलाको रुपमा प्रयोग गरेर खान सक्नु हुन्छ । साथै खोकी लागेको बेला अदुवा र मह खादा पनि खोकी पनि खोकी निको हुन्छ । अदुवा काचै खादा शरिरलाई फाइदा गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?