मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तीन पटक ‘जीवनरेखा’को सेट छाडेर भागेका शिव कसरी हिरो बने ?

अभिनेता शिव श्रेष्ठले डेब्यु फिल्म ‘जीवनरेखा’को सेट छाडेर तीन पटक भाग्ने कोशिस गरेको बताएका छन् । प्रकाश सुवेदीको सोमा आफ्नो चलचित्र यात्राको कुरा गर्दै उनले संयोगले हिरो बनेको र सुटिङकै बीचमा सक्दिन भनेर भाग्न चाहेको बताएका हुन् ।  उनले आफूलाई अभिनयमा रुचि नभए पनि निर्देशक प्रकाश थापाले कसरी हिरो बनाए भन्ने कुराको पनि स्मरण गरेका थिए ।

‘विराटनगरको जलजला हलमा उहाँको सिन्दुर भन्ने चलचित्र चलिरहेको रहेछ । सोही सिलसिलामा उहाँ जलजला आएको बेला क्याराम बोर्ड खेलिरहेका साथीहरु उहाँलाई भेट्न गएपछि म पनि गएको थिएँ । त्यसको भोलिपल्ट उहाँले मलाई फिल्म खेल्न प्रस्ताव गर्नुभयो,’ उनले भनेका छन्, ‘ उहाँले तिमी हिरो बन्नुपर्छ भन्दा ,मलाई फाइट साइटको रोल दिनुस् भनेको थिएँ । तर अन्तर्वार्ता के के गर्दा मलाई नै छान्नु भएछ । तर सुरु गर्ने बेलामा मात्र होइन, सुटिङको बीचमा पनि सक्दिन भनेर मैले भाग्ने कोशिस गरेको थिएँ ।’

उनले निर्देशक प्रकाश थापाको नक्कल गर्दा गर्दै पहिलो फिल्मको काम सकाएका पनि बताएका थिए । विसं २०३९ सालमा प्रदर्शन भएको चलचित्रबाट शिव श्रेष्ठसँगै अर्जुनजंग शाहीले पनि डेब्यु गरेका थिए ।

मन्जुकुमार श्रेष्ठले छायांकन गरेको चलचित्रमा नेपालको पहिलो रंगिन चलचित्र कुमारी अभिनेत्री चैत्यदेवीले मुख्य सहायक निर्देशकको भूमिका निर्वाह गरेकी थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?