मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ह्वावे कठिन मेहनतपछि पुनः लयमा फर्कियो, आम्दानी १०० अर्ब डलर 

सन् ह्वावेले सन् २०२३ मा कठिन मेहनतपछि १०० अर्ब डलरको आम्दानी गर्दै कम्पनी पुनः लयमा फर्किएको जनाएको छ ।  चीनको सेन्जेनमा आधारित प्रविधिको दिग्गज कम्पनी ह्वावेले सन् २०२३ को वर्षमा ७०० अर्ब युआन अर्थात ९९ अर्ब अमेरिकी डलर आम्दानी भएको उल्लेख गरेको छ ।

जुन सन् २०२२ को तुलनामा नौ प्रतिशत बढी हो, उक्त वर्ष कम्पनीको कूल आम्दानी ६४२.३ युआन अर्थात् ९२.४ अर्ब अमेरिकी डलर रहेको थियो । यद्यपि ह्वावेले सन् २०१९ मा कायम गरेको करिब १२३ अर्ब अमेरिकी डलरको तुलनामा न्यून भएको ह्वावेका अध्यक्ष केन हुलेले बताए ।  

गत अगस्टमा ह्वावेको मेट ६० प्रो सार्वजनिक भए पश्चात् कम्पनीले राम्रो आम्दानी गर्न सफल भएको हो । विदेशी चिपमाथि पहुँच बनाउन नसक्ने गरी ह्वावेलाई निमिट्यान्न पार्ने अमेरिकी प्रयासका बाबजुद कम्पनीले यस किसिमको अत्याधुनिक डिभाइस बनाएको देखेर यस क्षेत्रका विज्ञहरू चकित छन् ।

चिनियाँ बजारमा ह्वावे एप्पललाई खुम्च्याउँदै अगाडि आउन सफल भएको काउन्टरप्वाइन्ट रिसर्चले उल्लेख गरेको समाचार एजेन्सीहरूले बताएका छन् । सन् २०२३ को सेप्टेम्बरको अन्त्यतिर चिनियाँ बजारमा ह्वावे १० पाँचौं स्थानमा रहेको थियो ।

तेस्रो त्रैमासिकमा कम्पनीले १० प्रतिशतबाट आफ्नो बजार हिस्सा बढाएर १४ प्रतिशत पुर्‍याएको थियो । ह्वावेको डिभाइस व्यवसायले अपेक्षाभन्दा बढी विस्तार भएको अध्यक्ष हुले मेमोमा उल्लेख गरेको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।

अमेरिकी नीति निर्माताहरूले जासुसीका लागि चीन सरकारले ह्वावेका उपकरण प्रयोग गर्न सक्ने सम्भावना रहेको र त्यसबाट आफ्नो राष्ट्रिय सुरक्षा खतरामा रहेको दाबी गर्दै आएका छन् ।

तर कम्पनीले भने लगातार रूपमा त्यस किसिमका आरोपको खण्डन गर्दै आएको छ । अमेरिकी प्रतिबन्धका बाबजुद नै गएको वर्ष २०२३ मा भने ह्वावेले आफ्नो बाटो पुनः समात्न सफल भएको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?