मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भदौदेखि छायांकनमा जाने भयो ‘ए मेरो हजुर ५’

नेपाली सिने जगतकी नायिका तथा निर्देशक झरना थापाले ‘ए मेरो हजुर’को पाँचौं श्रृंखला बनाउने खुलासा गरेकी छिन् । अंग्रेजी नयाँ वर्ष २०२४ को शुभकामना दिँदै निर्देशक झरना थापाले ‘ए मेरो हजुर’को पाँचौं श्रृंखला ल्याउनेबारे महत्वपूर्ण खुलासा गरेकी हुन् । जहाँ ह्यासट्यागमा उक्त फिल्मको नाम उल्लेख छ ।

नायिका थापाका अनुसार ‘ए मेरो हजुर’ चाहिं २२ वर्षअघि रिलिज भएको थियो । उक्त फिल्मको श्रृंखलाको रुपमा अहिले पाँचौं सिक्वेल बन्न लागेको हो ।

‘ए मेरो हजुर ५’ को छायांकन आउँदो भदौदेखि सुरु हुने नायिका तथा निर्देशक थापाले बताइन् । ‘अहिले हामी स्क्रिप्टमा काम गरिरहेका छौं । आउने भदौदेखि छायांकन सुरु हुन्छ,’ उनले भनिन् ।

फिल्मको प्रदर्शन चाहिँ २०८२ सालको नयाँ वर्षमा हुनेछ । यो फिल्मको लागि तत्काल कुनै पनि कलाकारको नाम निधो भएको छैन ।  झरना निर्देशित पछिल्लो फिल्म ‘एक भगवत् गीता’ थियो । विवाद र चर्चाबीच यो फिल्म २०८० सालमा रिलिज भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?