मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुध्रियो दुई बलिउड स्टार शाहरुख र सनीको सम्बन्ध 

बलिउड स्टार शाहरुख खान र सनी देओलबीच लामो समयदेखि जारी तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको छ ।

‘गदर २’ लाई  मिलेको सफलताले यी दुईबिचको सम्बन्धमा सुधार ल्याइदिएको हो । सो फिल्मको सेलिब्रेसनमा शाहरुख पनि सामेल भएपछि उनीहरुविच रहेकाे तिक्तता अन्त्य भएकाे अनुमान गरिएको थियो । 

जसलाई लिएर सिने क्षेत्रमा चर्चा चल्दा हालै एउटा अन्तरवार्तामा स्वयम सनीले नै  शाहरुखसँगको लामो समयदेखिको मतभेद अन्त्य भएको पुष्टि गरेका हुन् ।

सो अन्तरवार्तामा सनीले  सबै जना विगतलाई भुलेर अगाडि बढिसकेको र सबै खुसी र सन्तुष्ट रहेको बताएका थिए । 

 ‘हरेक व्यक्ति आ–आफ्नो जीवनमा अगाडि बढिसकेका छन् र हामी खुसी पनि छौँ ‘ – सनीले भनेका छन् ।

गलत वा सही के गरियो भन्ने बारे आफूहरूलाई थाहा भएको बताएका उनले आफ्नो  पार्टीमा सबै आएको देखेर खुसी व्यक्त गरेका हुन् । उनले समय नै औषधी भएको र विगतका विवादलाई विगतमै छोडिदिनु उचित हुने समेत बताए ।   

फोटोमा शाहरुख र सनी एक अर्कालाई अँगालो हालिरहेको देख्न सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?