मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘महाजात्रा’को ‘फस्टलुक’ सार्वजनिक,हरिवंश ‘भिलेन’ अवतारमा

काठमाडाैँ – फिल्म ‘महाजात्रा’को ‘फस्ट लुक’ सार्वजनिक गरिएको छ ।

मङ्गलवार सार्वजनिक गरिएको पोस्टरमा फिल्मका प्रमुख तीन कलाकार रवीन्द्रसिंह बानियाँ, विपिन कार्की र रवीन्द्र झासहित हरिवंश आचार्यलाई पनि चित्रण गरिएको छ ।

हरिवंशलाई ‘फस्ट लुक’मा ह्विलचियरमा बसेको देख्न सकिन्छ ।  ‘जात्रा’ सिरिजमा  पहिलो पटक जोडिएका उनी ‘भिलेन लुक्स’ मा देखिन्छन् । चार पात्रको अगाडि पैसा नै पैसा उडाइएको दृश्यले यस पटक पनि फिल्मले पैसाको खेलालाई नै प्रस्तुत गर्ने आङ्कलन गर्न सकिन्छ ।

त्यस्तै जात्रा शृङ्खलाको ट्रेडमार्क नै बनेको भ्यानलाई समेत पोस्टरमा समेटिदा यसले भन्न सक्ने कथा बारे दर्शकमा एक किसिमको धारणा बनाउन सक्ने देखिन्छ । 

षट्कोण फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्म प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको । केही दिन अघि मात्र छायाङ्कन सकिएको फिल्ममा बर्षा राउत, दिव्य देव लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

चैत्रको ९ गतेबाट प्रदर्शन हुन लागेको ‘महाजात्रा’मा  पुरुषोत्तम प्रधानको छायाङ्कन छ भने म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानीमा फिल्म तयार भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?