मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘आशिकी ३’ मा तृप्ती र कार्तिकले रोमान्स गर्ने

काठमाडौं– बलिउडमा निर्माण हुन लागेको फिल्म ‘आशिकी ३’ कार्तिक आर्यन र तृप्ती डिम्रीको जोडी देखिने भएको छ ।


भुषण कुमार, अनुराग बसु र कार्तिक आर्यनले सहकार्य गर्न लागेको यो फिल्ममा ‘एनिमल’ फिल्मबाट एकाएक चर्चामा आएकी तृप्तीले लिड रोलमा अभिनय गर्ने भएकी हुन् ।

रणविर कपूर अभिनित फिल्म ‘एनिमल’ रिलिज भएपछि तृप्तीलाई राष्ट्रिय क्रस भन्न थालिएको छ । यसैबीच ठूलो पर्दामा दर्शकले कार्तिक र तृप्तीको जोडी देख्न पाउने भएका हुन् ।

अनुराग बसुले निर्देशन गर्ने यो फिल्म सन् २०२४ मा छायांकनमा जाने भारतीय मिडियाले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?