मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घरको कुन दिशालाई शयन कक्ष बनाउने ?

आफू सुत्ने कोठा अर्थात् शयन कक्षमा के–के सामान राख्ने वा नराख्ने भनेर वास्तुशास्त्रले पनि बताएको छ ।

वास्तुशास्त्रमा घरको भान्सा, पूजाघर, बेडरुम आदिको विशेष महत्व छ । यी स्थान सही दिशामा हुन र यसमा राखिने चीज सही हुनुपर्ने वास्तुशास्त्रको मान्यता छ ।

यदि यी चीज सही नभएमा घरमा नकारात्मक ऊर्जा प्रवाह हुने वास्तुको मान्यता छ । यस्तोमा बेडरुममा हुने केही गल्ती सुधार गर्न वास्तुको सुझाव छ ।

वास्तुशास्त्रमा घरको पूर्व दिशामा विवाहित जोडीको बेडरुम हुँदा उनीहरूको सम्बन्धमा र घरमा नकारात्मकता भित्र्याउने मान्यता छ ।

त्यसैगरी घरको मूल व्यक्तिको बेडरुम उत्तर दिशामा हुनुलाई अशुभ मानिएको छ । उत्तर दिशा कुबेरको दिशा भएकाले घरमूली यस दिशामा सुत्दा घरमा आर्थिक अभाव हुने देखिन्छ ।

त्यसैगरी घरमूलीको बेडरुम दक्षिण दिशामा हुनु सबैभन्दा शुभ मानिन्छ । साथै सुत्दा दक्षिण दिशा तर्फ शिर पारेर सुते शुभ मानिन्छ । यसले घरमा शुभ हुने मान्यता छ ।

घरको पूर्व र दक्षिणको बीचको भागलाई आग्नेय कोण भनिन्छ । यहाँ बेडरुम राख्नु हुँदैन ।

यस दिशामा सुत्ने व्यक्ति क्रोधी र गलत निर्णय लिने स्वभावको हुनुका साथै अनिद्रा र तनावको सिकार बन्ने सम्भावना बढी रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?