मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

२३ सय रुपैयाँमा पाइन्छ नोकियाको यो डबल स्क्रिन स्मार्टफोन

काठमाडौं– नोकिया मोबाइलको विक्रेता कम्पनी एचएमडी ग्लोबलले दुईवटा डिस्पले भएको फोन सार्वजनिक गरेको छ । अत्यन्त सस्तो मूल्य तोकिएको नोकिया २७६० फ्लिप फोनमा क्लामसेल डिजाइन छ ।

हाल अमेरिकी बजारमा उपलब्ध यो फोनमा २.३८ इन्चको इन्टरनल एलसीडी र १.७७ इन्चको एक्टर्नल गरी दुई डिस्पले छन् । १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर रहेको यो फोनमा ४ जीबीको इन्टरनल मेमोरी रहेको जनाइएको छ ।

फोटो खिच्नका लागि यो फोनमा सेन्सर फ्लाससहित ५ मेगापिक्सलको क्यामेरा छ । ३.८ घण्टासम्म टकटाइम रहेको यो फोनको सिङ्गल चार्ज स्ट्याण्डबाई टाइम १८ घण्टासम्मको रहेको कम्पनीको दाबी छ ।

कम्पनीले यो फोनको मूल्य १९ डलर अर्थात् झण्डै २,३५० नेपाली रुपैयाँ तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?