मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म छोडेर शास्त्रीय संगीत सिक्दैछन् अमिर खान !

फिल्ममा आफ्नो भूमिकाको तयारीका लागि दिलोज्यान दिने कलाकारको नाममा ‘मिस्टर पर्फेक्सनिष्ट’ भनेर चिनीने अमिर खानको नाम सबभन्दा माथि छ ।

उनी दैनिक जीवनमा समेत बानी सुधार गरेर आफ्नो क्षमता बढाई रहेका हुन्छन् । पछिल्लो खबर अनुसार उनले अहिले शास्त्रीय संगीत सिक्न सुरु गरेका छन् ।

रिपोर्टहरूका अनुसार उनले शास्त्रीय संगीतका गुरुसंग दैनिक १ घण्टा कक्षा लिन थालेको र रियाज गरिरहेका छन् । यद्यपि यो उनले आफ्नो सोखका लागि गरिरहेका छन या आगामी फिल्मसँग यसको सम्बन्ध छ भन्ने कुरा भने प्रस्ट भइसकेको छैन ।

स्मरणीय के छ भने उनीले व्यवसायी तथा फिल्म निर्माता गुल्सन कुमारको वायोपिक ‘मोगुल’ गर्ने चर्चा २०१८ मै चलेको थियो । यही कारण केहि रिपोर्टहरूले अमिरको तयारी यही फिल्म केन्द्रित भएको बताएका छन् ।

सनी देओलको साथमा आँउदै छ आगामी फिल्म !

अहिलेको स्थितिमा अमिरले काम गर्ने फिल्मको पाईलाईनको सबैभन्दा अघि ‘लाहौर १९४७’ रहेकाे छ । यसमा सनी देओलको मुख्य भूमिका छ भने यसको निर्माण आमिरले गर्ने छन् । साथै यसमा उनले केमियो रोल समेत गर्नेछन् । यो फिल्मलाई राजकुमार सन्तोषीले निर्देशन गर्ने छन् ।

अन्तिम फिल्म ‘लाल सिंह चड्ढा’

आमिर खान गएको बर्ष देखि ‘ब्रेक’ मा छन् । उनको पछिल्लो फिल्म २०२२ अगस्टमा प्रदर्शनमा आएको ‘लाल सिंह चड्ढा’ हो भने यो नराम्रोसँग ‘फ्लप’ भएको थियो । यद्यपि एक सफल र स्टारडम भएका कलाकारका रुपमा उनले भिन्न भिन्न निर्मातासँग ‘सितारे जमीन पर’ र ‘मोगुल’ गर्न लागेको चर्चा चलिरहेको छ ।

पारिवारिक कामको व्यस्तता

हुन त उनी अहिले आफ्नी छोरी आयरा खानको विवाहका कारण पारिवारिक कामै व्यस्त देखिएका छन् । आयराको विवाह जनवरी ३ मा नुपुर शिखरेसंग मराठी परम्परा अनुसार हुँदै छ ।

यसपछि यो जोडिले जनवरी ६ मा दिल्ली र १० मा जयपुरमा रिसेप्सन पार्टी दिने कार्यक्रम छ । रिपोर्टहरूका अनुसार यो विवाह समारोहमा आमिर र छोरी साथी तथा इष्टमित्र मात्र नभई बलिउड स्टार सामेल हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?