मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुदूरपश्चिममा ‘ठूली रात’ को रौनक,कथा सुनाएर रात काट्ने चलन

काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा आज पुसे १५ अर्थात् ‘ठूली रात’ पर्व मनाइँदै छ ।

डोटेली संस्कृतिको मौलिक पहिचान बोकेको यो पर्व हरेक वर्ष पुस १५ गते मनाइने भएकाले पुसे १५ को रूपमा चर्चित रहेको छ

यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रूपमा हेर्ने गरिन्छ ।

साथै यो अवसरमा गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा, आइनै बातै सुन्ने सुनाउने, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन छ ।

पर्वको तयारीस्वरुप गृहणीहरुले आज बिहानैदेखि आ–आफ्नो घरमा खानाका मीठा परिकार पकाउने तयारीमा लागेका छन् । पर्वमा विवाहिता छोरीचेलीलाई घरमा आमन्त्रण गरी भव्यरुपमा स्वागतसत्कार गर्ने गरिन्छ ।

पछिल्लो समय सुदूरपश्चिमका पहाडी भूभागबाट तराइ झर्ने क्रम बढ्दा विस्तारै यो पर्वको मौलिकता कम हुँदै गएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?