मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यो हो संसारकै सबैभन्दा पातलो म्याकबुक

क्यार्लिफोनिया– अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले १५ इन्चको म्याकबुक लन्च गरेको छ । विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत एप्पलले पहिलो पटक सो म्याकबुक लन्च गरेको हो ।

यो विश्वको सबैभन्दा पातलो १५ इन्चको म्याबुक होृ । यसको गति इन्टेल आधारित म्याकबुक एयर भन्दा १२ गुणा बढी छ। एप्पलले नयाँ १५ इन्चको म्याकबुक एयर एक हजार २९९ डलरमा बिक्री गर्ने जनाएको छ ।

एप्पलले भिजन प्रो नामक भर्चुअल रियालिटी हेडसेटसमेत लन्च गरेको छ। कार्यक्रममा एप्पलले १५ इन्चको डिस्प्लेको म्याकबुक एयर र म्याक स्टुडियो मोडल सार्वजनिक गरेको छ । एप्पलले एम टु अल्ट्रा चिपसेट भएको नयाँ म्याक्स स्टुडियो लन्च गरेको छ।

यो इन्टेलमा आधारित म्याक प्रो भन्दा ३ गुणा छिटो रहेको कम्पनीको दाबी छ, जसले १९२ जीबीको आन्तरिक मेमोरी प्राप्त गर्नेछ। यो कार्यक्रम क्यालिफोर्नियाको क्युपर्टिनोस्थित एप्पल पार्कमा जुन ९ सम्म चल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?