मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

च्याटजीपीटीविरुद‍्ध न्यूयोर्क टाइम्सले हाल्यो मुद‍्दा

काठमाडौं– च्याटजीपीटी निर्माता ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर भएको छ ।
समाचार संस्था न्यूयोर्क टाइम्सले आफ्ना समाचार कपी गरेको भन्दै बुधवार अमेरिकास्थित संघीय जिल्ला अदालत म्यानहट्टमा मुद्दा दायर गरेको हो ।
न्यूयोर्क टाइम्सले प्रकाशित समाचार प्रयोग गरेर एआई टुललाई पूर्ण रुपमा तालिम दिएको दाबी गरेको छ । समाचारका अनुसार च्याटजीपीटीले सञ्चारमाध्यमसँग नै प्रतिस्पर्धा गरेपछि मुद्दा दायर गरिएको हो ।
न्यूयोर्क टाइम्सले क्षतिपूर्ति भराउने र च्याटबट पनि हटाउनुपर्ने माग राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?