क्षयरोग माइक्रोब्याक्टेरियम ट्युवरक्युलोसिस नामक सुक्ष्म किटाणुबाट हुने सरुवा रोग हो । क्षयरोग फोक्सोमा हुने भए पनि केही व्यक्तिमा शरीरका अन्य भागमा हुनसक्छ । याे राेग बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा हावाको माध्यमबाट अन्य व्यक्तिलाई पनि सर्छ ।
क्षयरोगका लक्षण
– २ हप्ता वा सोभन्दा बढी समय सम्म लगातार खोकी लागि रहनु,
– शरीरको तौल घट्नु,
– बेलुका र रातिको समसयमा ज्वरो आउनु,
– खानामा रुचि नहुनु,
– खकारमा रगत देखिनु,
– श्वासप्रश्वासमा समस्या हुनु ।
यी समस्याहरु देखिएमा नजिकको स्वास्थ्यसंस्थामा खकार र अन्य स्वास्थ्य परिक्षण गर्नुपर्छ । चिकित्सकको सिफारिस अनुसार नियमित रुपमा पूरा मात्रामा औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ ।
औषधि सेवन शुरु गरेर बीचमा छोड्यो भने क्षयरोग निको नहुन पनि सक्छ । जसलार्य एमडीआर क्षयरोग भनिन्छ । एमडीआर क्षयरोग लागेका बिरामीलाई साधारण टिबीका औषधिले मार्न नसक्ने जीवाणुहरु हुन्छन् । एमडीआर टिबी निको पार्न कडा खालका औषधि लामो समयसम्म प्रयोग गर्नुपर्छ ।
क्षयरोग माइक्रोब्याक्टेरियम ट्युवरक्युलोसिस नामक सुक्ष्म किटाणुबाट हुने सरुवा रोग हो । क्षयरोग फोक्सोमा हुने भए पनि केही व्यक्तिमा शरीरका अन्य भागमा हुनसक्छ । याे राेग बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा हावाको माध्यमबाट अन्य व्यक्तिलाई पनि सर्छ ।
यी हुन् क्षयरोगका लक्षण
– २ हप्ता वा सोभन्दा बढी समय सम्म लगातार खोकी लागि रहनु,
– शरीरको तौल घट्नु,
– बेलुका र रातिको समसयमा ज्वरो आउनु,
– खानामा रुची नहुनु,
– खकारमा रगत देखिनु,
– श्वासप्रश्वासमा समस्या हुनु ।
यी समस्याहरु देखिएमा नजिकको स्वास्थ्यसंस्थामा खकार र अन्य स्वास्थ्य परिक्षण गर्नुपर्छ । चिकित्सकको सिफारिस अनुसार नियमित रुपमा पूरा मात्रामा औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ ।
तर औषधि सेवन शुरु गरेर बिचमा छोड्यो भने क्षयरोग निको नहुन पनि सक्छ । जसलार्य एमडीआर क्षयरोग भनिन्छ । एमडीआर क्षयरोग लागेका बिरामीलाई साधारण टिबीका औषधिले मार्न नसक्ने जीवाणुहरु हुन्छन् । एमडीआर टिबी निको पार्न कडा खालका औषधि लामो समयसम्म प्रयोग गर्नुपर्छ ।
क्षयरोगका बिरामीको किन गर्नुपर्छ एचआइभी परीक्षण ?
एचआइभी संक्रमण नभएको व्यक्ति भन्दा एचआइभी संक्रमण भएका व्यक्तिहरुमा क्षयरोग लाग्न सक्ने सम्भावना १० गुणा बढी हुन्छ । त्यसैले क्षयरोग लागेका व्यक्तिको एचआइभी परिक्षण गर्नुपर्छ । एचआईभी संक्रमितलाई पनि क्षयरोगको जाँच अनिवार्य गराउनुपर्छ ।
क्षयरोगबाट कसरी बच्ने ?
– बच्चा जिन्मँदा बिसीजी खोप लगाउनुपर्छ,
– समुदायमा रहेका क्षयरोगीहरु बेलैमा पत्त लगाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रामा पूरा अवधिसम्म क्षयरोगको औषधि सेवन गर्नुपर्छ,
– क्षयरोगका बिरामीले धुम्रपान, मध्यपान तथा लागु पर्दाथ सेवन गर्नु हुँदैन,
– क्षयरोगका बिरामीलाई पोषिलो खाना खुवाउने,
– रोगीको सम्पर्कमा नबस्ने,
– भिडभाडमा जादा मास्क प्रयोग गर्ने,
– धुँवाधुलोबाट बच्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया