मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुगलले भारतमा पिक्सल फोन उत्पादन गर्ने

नयाँ दिल्ली- अमेरिकी प्रविधि कम्पनी गुगलले भारतमा ‘पिक्सल’ फोनको उत्पादन गर्ने भएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ‘गुगल फर इन्डिया’ समारोहलाई सम्बोधन गर्दै गुगलको उपकरण तथा सेवाका प्रमुख रिक ओस्टरलोहले भारतमा पिक्सल फोनको उत्पादन गर्ने घोषणा गरेका हुन् ।

गुगलको माउ कम्पनी अल्फबेटका अनुसार सन् २०२४ बाट भारतमा ‘पिक्सल ८’ फोनको उत्पादन थालिने इकोनोमिक टाइम्सले जनाएको छ । ‘पिक्सलका लागि भारत प्राथमिक बजार हो ।’ ओस्टरलोहलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मेक इन इन्डिया’ नामक कार्यक्रम अनुसार गुगलले भारतमा पिक्सल फोनको उत्पादन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?