मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘हल्कारा’ अमेजन प्राइममा रिलिज

काठमाडौं– चलचित्र ‘हल्कारा’ ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज भएको छ ।

फिल्म हलमा खासै कमाल देखाउन नसकेको यो फिल्म यसवर्ष नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो ।

अमेजन प्राइममा रिलिज भएसँगै फिल्मलाई विश्वभरका दर्शकले हेर्न सक्नेछन् ।

महेश त्रिपाठी र विनिता थापाको शीर्ष भूमिका रहेको यो फिल्मलाई विक्रम सापकोटाले निर्देशन गरेका हुन् ।

फिल्ममा विदेशमा नेपाली श्रमिकले भोग्नुपरेको चुनौती र सङ्घर्षलाई विषय बनाइएको छ । फिल्मले समीक्षकको समीक्षा भने सकारात्मक पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?