मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच: सुरविना कार्की

जोयनेपाल
299
Shares

मोडल तथा कलाकार सुरविना कार्कीले अभिनय गरेका म्युजिक भिडियोले पछिल्लो समय चर्चा कमाएका छन् । उनी अभिनित म्युजिक भिडियो ‘के माया लाग्छ र’ बोलको गीतमा सुरविना र मुकुन भुसालको जोडी देख्न सकिन्छ ।

यो गीतले चर्चा कमाएपछि सुरविनाको पनि लोकप्रियता बढेको छ । सुरविनाले हिन्दी म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । उनले अभिनय गरेको ‘लुकिछिपी’ बोलको म्युजिक भिडियो पनि दर्शकले रुचाएका थिए ।

‘झेली’, ‘लुकामारी’ लगायतका फिल्ममा अभिनय गरेकी सुरविनाको अभिनय रहेको फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शनका क्रममा छ । आफ्नो ग्ल्यामर अवतारका कारण समेत सुरविना चर्चामा आउने गर्छिन् । सामाजिक सञ्जालमा उनको ग्ल्यामर रुपको चर्चा हुने गर्छ ।

जोय नेपालका लागि यी तस्वीर कुबेर डंगोलले खिचेका हुन् ।