मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जिब्रोको रंगले बताउँछ तपाईँको स्वास्थ्य अवस्था

काठमाडौं – मानव शरीरको संरचना एकदमै रहस्यमय छ । हाम्रो सम्पुर्ण अंगहरु एक अर्काभन्दा भिन्न र फरक कार्यका लागि निर्माण भएको पाईन्छ । मानव शरीरमा भएका विभिन्न अंगहरुको रंगको कारण पनि हामी शरीरको अवस्थाको बारेमा थाहा पाउन सक्छौँ । अनुहार होस् वा हात खुट्टा, हाम्रो ध्यान प्रायः हाम्रो शरीरको यी अंगहरूमा जान्छ ।

त्यसो त शरीरमा भएका सम्पुर्ण अंगहरु उत्तिकै महत्वपुर्ण छन् । आँखाको आफ्नै विशेषता छ भने हातखुट्टाको आफ्नै विशेषता । तर हामी आज यहाँ कुरा गर्दैछौं जिब्रोको ।

जिब्रो हाम्रो शरीरको एक अभिन्न अंग हो । जसमा हामी कमै ध्यान दिन्छौं, तर के तपाईलाई थाहा छ तपाईको जिब्रोले तपाईको स्वास्थ्य स्थितीको बारेमा बताउँदछ । जिब्रोले धेरै रोगका लक्षण देखाउँछ भन्ने चिकित्सकीय रूपमा प्रमाणित भइसकेको छ ।

तपाईको जिब्रोको विभिन्न रंगहरूको आधारमा, तपाईले पत्ता लगाउन सक्नुहुन्छ कि तपाई स्वस्थ हुनुहुन्छ वा अस्वस्थ ।

१. रातो जिब्रो
कुनैपनि मानिसको जिब्रौको रंग रातो वा स्ट्रबेरी रंगको छ भने त्यसले भिटामिनको कमीलाई पनि संकेत गर्न सक्छ । विशेष गरी भिटामिन बी, वा कावासाकी रोग जसले रक्त नलीहरूलाई असर गर्दछ ।

२. पहेंलो जिब्रो
कुनैपनि मानिसको जिब्रोको रंग पहेंलो छ भने, धुम्रपान वा निश्चित खाद्य वस्तुहरूको अत्यधिक खपत भएको भन्ने कुरा बुझ्नुपर्दछ । त्यासे त्यसो त कतिपय अवस्थामा, यसले कलेजो वा पित्त थैलीसम्बन्धी समस्याहरू पनि संकेत गर्न सक्छ, जस्तै हेपाटाइटिस वा सिरोसिस ।

३. नीलो वा बैजनी जिब्रो
रगतमा अक्सिजनको कमीलाई जिब्रोको नीलो वा बैजनी रंग हुनुले संकेत गर्न सक्छ, जुन श्वासप्रश्वास वा मुटुको समस्यासँग सम्बन्धित हुन सक्छ । केहि अवस्थामा, यो पनि सायनोसिस को संकेत हुन सक्छ ।

४. कालो रौंजस्तो जिब्रो
तपाईंको जिब्रो यस्तो तब हुन्छ जब फिलिफर्म प्यापिला लामो र फिक्का हुन्छ । चिकित्सा विज्ञानले यस्लाई यो गम्भीर अवस्थाको संकेत नभएको तर कमजोर मौखिक स्वच्छता, धुम्रपान, कफी वा चियाको अत्यधिक सेवन, वा एन्टिबायोटिकको प्रयोगले गर्दा यस्तो हुन सक्ने बताएको छ ।

५. फिक्का जिब्रो
पहेंलो जिब्रोले खराब परिसंचरण वा अपर्याप्त पोषक तत्व अवशोषणलाई पनि संकेत गर्न सक्छ । कुनैपनि मानिसको जिब्रो यस्तो त्यतिबेला हुन्छ जब एनीमिया वा फलामको स्तरको कम हुन सक्छ, जसले रगत अक्सिजनलाई असर गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?