मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नरेन्द्र मोदीले बनाए युट्युबमा कीर्तिमान

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युट्युबमा नयाँ रेकर्ड कायम गरेका छन् । तेस्रोपटक भारतको नेतृत्व गर्ने तयारीमा रहेका उनी सबैभन्दा बढी युट्युव सब्सक्राइबर भएको पहिलो नेता बनेका हुन् ।

विश्वको सबैभन्दा ठुलो भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबमा उनका सब्सक्राइबरको संख्या २ करोड पुगेको छ । उनको च्यानलमा  ४५० करोड बढी भ्यूज छ भने लोकप्रिय तीन भिडियो भ्युज नै १७५ मिलियन छ ।

उनको च्यानलमा गत वर्षको फेब्रुअरी महिनामा नै १ करोड सब्सक्राइबर कटिसकेका थिए । यही अग्रतालाई कायम राख्दै उनी अहिले विश्वकै सबैभन्दा बढी सब्सक्राइबर सहितको युट्युब च्यानल भएको नेता बनेका हुन् ।

उनी पछि दोश्रो नम्बरमा ब्राजिलका पूर्व राष्ट्रपति जायर बोलसोनारो छन् । जसको च्यानलमा ६४ लाख सब्सक्राइबर छन् । त्यस्तै तेस्रो नम्बरमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की छन् ।

जसको ११ लाख सब्सक्राइबर रहँदा त्यसपछि अमेरिकी राष्ट्रपति जो वाइडेन छन् । उनको युट्युब च्यानलमा ७ लाख ९४ हजार सब्सक्राइबर छन् । 

यसैबीच चालु डिसेम्बर महिनामा नरेन्द्र मोदीको युट्युब च्यानलको कुल भ्यूज २२ करोड ४० लाख रहेको छ । यो पनि सर्वाधिक भ्युजको रेकर्ड हो ।

मोदी अन्य सामाजिक सञ्जालमा पनि ठूलो सङ्ख्यामा फलोवर भएका नेतामा पर्छन । उनको एक्स (ट्विटर) मा पनि ९.४ करोड भन्दा बढी फलोवर छन् भने इन्ष्ट्राग्राममा ८.३ करोड फलोवर छन् ।

फेसबुकमा ४.८ करोड फलो वर भएका मोदीको ह्वाट्सएपमा १.२५ फलोवर रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?