मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेहन्दीको रंगले जनाउने छ, पति र उसको परिवारसँगको प्रगाढ सम्बन्ध

आम रुपमा सबै महिलाले आफ्नो हातमा मेहन्दी लगाउने गर्छन् । तर विवाहको अवसरमा लगाइने मेहन्दीको महत्व र त्यसले पार्ने प्रभावको विशेष अन्य दिनमा भन्दा फरक हुने गर्छ ।

यो दिन बेहुलीको हात तथा खुट्टामा पनि मेहन्दीले सजाइएको हुन्छ । विवाहको अवसरमा बेहुलीमात्रै नभइ उनका साथीसंगी तथा आफन्त महिलाहरु पनि मेहन्दी लगाएर सजिएका हुन्छन् ।

मेहन्दीले विवाह बन्धनको प्रतिनिधित्व गर्दछ । त्यसैले यसलाई शगुनको रुपमा मान्ने गरिन्छ । दम्पत्ति तथा परिवारबीचमा माया तथा स्नेहको प्रतिकको रुपमा पनि मेहन्दीलाई लिइन्छ ।

केही प्रचलित मान्यताहरु पनि छन् । जो यस परम्परासँग जोडिएका हुन्छन् । बेहुलीको हातमा भएको मेहन्दीको रंगले दम्पत्तिबीचको गहिरो प्रेस सम्बन्धको प्रतिनिधित्व गर्दछ ।

महेन्दीको रंगले बेहुली तथा उनकी सासु बिचको प्रेम तथा समझदारीलाई दर्शाउँछ । मेहन्दीको रंग जति लामो समयसम्म हातमा रहन्छ, नवविवाहित जोडीका लागि यो उतिनै शुभ हुने मान्यता छ ।

केही स्थानमा भने मेहन्दीलाई प्रजनन क्षमताको प्रतिकात्मक प्रतिनिधित्वको रुपमा पनि लिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?