मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उत्तर कोरियाको अनौठो नियम–यसरी मात्र काट्न पाइन्छ कपाल

उत्तर कोरिया विचित्र नियम र कानून रहेको मुलुक हो । यहाँको शासनले नागरिकहरुको प्रत्यक्ष जनजीवनलाई नै प्रभावित बनाइरहेको हुन्छ ।

बाहिरी मिडिया तथा अन्तर्राष्ट्रिय समुदायसँग एक्लिएको उत्तर कोरियाका विषयमा यस्ता धेरै कुराहरु छन्, जुन बाहिर आउन सकेका छैनन् ।
यद्यपि केही समयअघि मात्र उत्तर कोरियाली नागरिकले काट्ने कपालका विषयमा अचम्मको खुलासा भएको थियो ।

जसअनुसार उत्तर कोरियालीहरुले हरेक लिंग अनुसार १५–१५ वटा शैलीमा मात्र कपाल काट्न पाउँछन् ।

‘हामी समाजवादी जीवनशैली अनुसार नै हाम्रो कपाल काटौं’ भन्ने उत्तर कोरियाली प्रोपागाण्डा अनुसार उत्तर कोरियाली नागरिकलाई कपाल काट्ने शैलीका १५ वटामात्र विकल्प दिइएको छ ।

उत्तर कोरियाली प्रोपागाण्डा अनुसार कपाल काट्ने शैलीले मानिसको मष्तिष्कमा प्रभाव पार्ने र यसबाट मानिसको बुद्धिमत्ता बढ्ने जनाइएको छ ।

तर, कपाल काटेपनि कपाल रंगाउन भने पाइन्न ।

तैपनि मुलुकका सर्वोच्च नेताका रुपमा किम जोङ उनको कपाल काट्ने शैली भने ती १५ वटा शैलीभन्दा भिन्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?