मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतका १० रोचक तथ्य जो तपाईंलाई थाहा नहुन सक्छन्

छिमेकी मुलुक भारतको साँस्कृतिक, राजनीतिक, आर्थिक र धार्मिक रुपमा नेपालसँग नजिकको सम्बन्ध छ । सोही कारण धेरै नेपालीलाई भारतका धेरै पक्षबारे जानकारी छ । तर, त्यस्ता केही तथ्य र जानकारीहरु छन्, जुन सबै नेपालीलाई थाहा नहुन सक्छ । भारतका १० रोचक तथ्य यहाँ प्रस्तुत गरिएको छ ।

सबैभन्दा धेरै अग्रंजी भाषा बोल्ने दोश्रो मुलुक

भारतमा हिन्दी र अंग्रेजी गरी दुई भाषालाई आधिकारिक रुपमा राष्ट्रिय भाषाको मान्यता छ । सोही कारण भारतमा हिन्दीसँगै अंग्रेजी भाषा बोल्ने मानिसहरुको सङ्ख्या पनि ठूलो छ ।

एक अध्ययन अनुसार भारतमा करिब १० प्रतिशत मानिसहरुले अंग्रेजी भाषा बोल्ने गरेका छन् । यसमध्ये ठूलो सङ्ख्या दक्षिण भारतमा छ । यसअनुसार भारत अमेरिकापछि सबैभन्दा धेरै अंग्रेजी भाषा बोल्ने मुलुकमा पर्न जान्छ ।

स्पाम्फू

आजक विश्वका हरेक कुनामा स्नान गर्दा स्याम्फू प्रयोग गरिन्छ । तर धेरैलाई थाहा नहुन सक्छ, स्याम्फूको अवधारणा भारतबाट आएको हो ।

आजकल प्रयोग गरिने तरल पदार्थ भारतबाट नआए पनि धेरै अगाडि नुहाउने बेला विभिन्न जडिबुटीको तरल पदार्थलाई कपालमा दल्ने अवधारणा भने भारतबाट नै आएको हो । त्यस्तै, स्याम्फू शब्द पनि संस्कृत भाषामा च्याम्पू शब्दबाट आएको हो, जसको अर्थ मालिस गर्नु भन्ने हुन्छ ।

शाकाहारी

बहुसङ्ख्यक भारतीयहरु हिन्दू धर्मावलम्बी छन् । हिन्दू धर्ममा शाकाहारी भोजनलाई प्राथमिकता दिइन्छ । अनुमानअनुसार भारतका २० देखि ३० प्रतिशत मानिसहरु शाकाहारी छन् । सोही कारण भारत विश्वमा सबैभन्दा धेरै शाकाहारी बसोबास गर्ने मुलुक बन्न पुगेको हो ।

साइकलमा रकेट

सुन्दा अचम्म लाग्नसक्छ, भारतले पहिलो पटक प्रक्षेपण गरेको रकेट साइकलमा लगिएको थियो ।

भारतले प्रक्षेपण गरेको पहिलो रकेट यति हलुङ्गो र सानो थियो कि दक्षिण भारतको केरला राज्यस्थित थुम्ब प्रक्षेपण केन्द्रमा सन् १९६३ मा यसको प्रक्षेपण गर्दा यसलाई साइकलमा हालेर लगिएको थियो ।

दूध

बहुसङ्ख्यक हिन्दू धर्मावलम्बीको बसोबास रहेको भारतमा गाईलाई आमा कै दर्जा दिने गरिएको छ । त्यहाँ गाईलाई निकै श्रद्धाका साथ लिइन्छ ।

सोही कारण भारतमा दूधको उत्पादन पनि धेरै हुने गरेको छ । भारत दूध उत्पादनका लागि अग्रणी मुलुक हो ।

हिरा

हिराको उत्खनन सर्वप्रथम भारतबाट भएको हो । भारतको कृष्णा नदीको डेल्टास्थित गुनटुर कृष्णा जिल्लामा हिराको उत्खनन हुने गरेको थियो । १८ औं शताब्दीमा ब्राजिलमा हिरा पत्ता लाग्नुअघिसम्म भारत सबैभन्दा धेरै हिरा उत्खनन गर्ने मुलुकको रुपमा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?