मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एक झुप्पा अंगुरको मूल्य १२ लाख रुपैयाँ !

एक झुप्पो अङ्गुरको मूल्य बढीमा कति पर्ला ? पाँच सय वा एक हजार ? तर जापानमा एक विशेष किसिमको एक झुप्पो अंगुरको मूल्य १२ लाख रुपैयाँ पर्दछ ।

जापानमा मानिसहरुले १२ लाख रुपैयाँ बराबरको मूल्य तिरेर एउटा विशेष खाले अंगुरको सानो झुप्पा खरिद गर्दछन् । रुबी रोमन जातको यो अंगुरको एउटा गेडाको वजन करीब २० ग्राम हुन्छ । एउटा झुप्पोमा झण्डै २४ अंगूरको रंग हरियो वा कालो नभई पूर्णरुपमा रातो हुन्छ ।

धनीको फल भनेर पनि चिनिने यो अंगूर जापानको इशिकावा प्रान्तको सरकारी निकायले विकास गरेको हो । खानमा निकै स्वादिलो यो रातो अंगुर जापानमा लग्जरी फलको श्रेणीमा पर्दछ ।

विशेषतः शुभ अवसरमा उपहार दिनका लागि यो अंगुरको प्रयोग हुने गर्दछ । सजिलैसँग नपाइने भएकाले पनि यसको बजारमा लिलामी समेत हुने गरेको छ । लिलामीकै क्रममा एक होटल कम्पनीले एक झुप्पो अंगुर ११ हजार डलरमा खरिद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?