घुम्न जाने होइन त ढोरपाटन हुँदै जलजला ?
काठमाडौँ– प्राकृतिक वातावरणसँग रमाउने रहर कस्को पो नहोला र ? अझ दैनिक कामकाजमा व्यस्त हुने व्यक्तिको लागि केही दिन प्रकृतिसँग खेलेर माइन्ड फ्रेस गर्न मात्रै होइन काम गर्नको लागि इनर्जी ल्याउन पनि सहयोग गर्छ । तपाईं पनि यस्तै वातावरणमा खेल्ने सोचमा हुनुहुन्छ भने म्याग्दीको जलजला राम्रो गन्तव्य हुन सक्छ । मध्यपश्चिम क्षेत्रमा रहेको जलजला बाग्लुङ, म्याग्दी र रुकुमको सीमाना पर्छ । जहाँ समथर विशाल पाटन मात्रै नभई हरियाली वनजङ्गल, रङ्गीचङ्गी फूल, खुलेको निलो आकाश, लुकामारी खेल्ने बादलसँगै हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । यो क्षेत्र प्राकृतिक