मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म अभिनयसँगै व्यवसायमा जम्दै अभिनेता खड्का, २ करोडको लागतमा खोले रेस्टुरेन्ट

अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अवसर पारेर अभिनेता प्रदीप खड्काले रेस्टुरेन्ट व्यवसाय सुरु गरेका छन् । काठमाडौंस्थित गैरीधारामा उनले ‘प्याराडाइज गार्डेन रेस्टुरेन्ट’ सुरु गरेका हुन् ।

नीलसरस्वती मार्गमा रहेको रेस्टुरेन्टमा आइतबार साँझ ‘न्यू इयर इभ २०२४’ कार्यक्रम समेत गरिएको छ । उक्त अवसरमा प्रदीपले फ्यानहरूसँग प्रत्यक्ष साक्षात्कार कार्यक्रम राखेका थिए ।

नयाँ व्यवसाय सुरु गरेका अभिनेता खड्का भन्छन्, फिल्म अभिनय सँगसँगै व्यवसायलाई पनि एकसाथ लैजाने योजनाले रेस्टुरेन्ट व्यवसाय सुरु गरे । २ करोडमाथिको लागतमा खुलेको रेस्टुरेन्टमा उनका केही पार्टनर पनि छन् ।

पछिल्लो समय अभिनेता खड्काको ‘प्रेम गीत ३’ र ‘प्रकाश’पछि कुनै पनि फिल्म आएका छैन । उनी अहिले एकसाथ ४,५ फिल्म अभिनय तयारीमा छन् । जसमा ‘पूजार सार्की’, ‘एरी’, ‘एक्टर’ लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?