काठमाडौं– शरीरलाई स्वस्थ राख्नका लागि फलफूल खानु लाभदायक हुन्छ । अनारमा अन्य फलफूलमा भन्दा पनि लाभदायक तत्वहरु छन् । किनकि अनारमा भिटामिन ए,सी, इ र अन्य भिटामिन पनि पाइन्छ ।
अनार खानुको फाइदा
अनारको नियमित प्रयोगले पाचन प्रणालीमा हुने समस्याको पनि समाधान गर्न सहयोग गर्छ ।
नियमित अनार खाँदा अनुहार र शरीरको छालालाई स्वास्थ्य र चम्किलो बनाउँछ ।
अनारले दाँत सम्बन्धी समस्याबाट बचाउँछ ।
गर्भवती महिलाले अनार सेवन गरेमा उनको गर्भमा रहेको शिशू पनि स्वस्थ रहन्छ ।
वृद्धवृद्धाहरुले अनार खाँदा अल्जाइमर अर्थात बिर्सने रोगबाट बच्न सकिन्छ ।
लामो आयु र क्रियाशील जीवनयापनका लागि नियमित रुपमा अनारको जुस सेवन गर्नु उपयुक्त हुन्छ
हरेक दिन अनारको जूस खानाले रक्तसञ्चार प्रवाहमा मद्दत पुर्याउँछ ।
अनारले स्तन क्यान्सर हुने सम्भावना कम गर्छ ।
नियमित अनार खानाले हार्टअट्याक हुने खतराबाट जोगिन सकिन्छ ।
अनारले आइरन कमी हुन दिँदैन र एनिमियाबाट बचाउँछ ।
अनारले प्रोस्टेट क्यान्सर हुने खतराबाट बचाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया