प्राय भगवानको पूजा गर्दा धूप बाल्ने प्रचलन छ । हामी सबै घरमा पूजा गर्दा होस् या मन्दिरमा धूपलाई त अनिवार्य नै राख्छौँ । धार्मिक परम्परा अनुसार मठमन्दिर, गुम्बा लगायत स्थानमा हामी पूजाका क्रममा धूप बाल्ने गर्दछौँ ।
यसरी धूप किन बालिन्छ त यसको कारण थाहा नभए पनि धेरैले पूजामा धूप बाल्ने गरेको पाइन्छ । आज हामी यसैको बारेमा चर्चा गर्ने छौँ ।
आध्यात्मिक कारण अनुसार पूजामा बालिने धूपको वासना सीधा भगवान् सम्म पुग्ने विश्वास गरिन्छ । धूपको वासनाले मानिसको विचारलाई पवित्र राख्न मद्दत गर्दछ ।
भगवानको पूजा गर्दा मन र दिमाग दुवै एकाग्र भएको हुन्छ । धूपले वरिपरि रहेका दुर्गन्ध हटाएर सुगन्धको दिने काम गर्छ । यसका साथै किरा धमिरालाई हटाउन मद्दत पनि गर्छ ।
धूपको धूवाँले ब्याक्टेरियालाई नाश गर्ने र वातावरण पवित्र र शुद्ध भएकोले अस्पतालमा समेत धूप बालिने गरिन्छ ।
धूप बाल्नुका मनोवैज्ञानिक कारण पनि रहेका छन् । अगरबत्तीलाई रोग उपचारको लागि पनि प्रयोग गरिन्छ । धूप बलिरहेको बेला दिमागमा हिलिङ प्रक्रिया चल्ने र आनन्दित भएको प्रभाव पर्छ । तनावबाट मुक्ति तथा मानसिक थकानबाट आराम लिन पनि धूपको प्रयोग गरिन्छ ।
धूप बाल्ने काम धार्मिक पर्वमा मात्र होइन धेरै वर्ष देखि चीन, इजिप्ट, तिब्बत विभिन्न मुलुकहरूको मौलिक प्रथा मानिन्छ । उनीहरूले धूपको प्रयोग एरोमा थेरापीमा प्रयोग गर्दै आएका छन् ।
प्राकृतिक चिकित्सा अनुसार हल्का र मीठो खालको सुगन्धले मानवको चित्तलाई शान्त गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया