रजनी केसी नेपाली मोडल तथा कलाकार हुन् । टेलिफिल्म हुँदै फिल्म यात्रामा लागेकी रजनीले छवि ओझाले निर्माण गरेको फिल्म ‘लोफर’बाट फिल्म उद्योगमा डेब्यु गरेकी थिइन् । यसपछि उनले ‘ब्रासलेट’, ‘लाल जोडी’,‘परदेशी’ आदि फिल्ममा अभिनय गरिन् । उनले प्रशान्त तामाङसँग जोडी बाँधेको फिल्म ‘परदेशी’ व्यापक चर्चा कमायो । उनले  ‘दीपज्योति’, ‘चर्खा’, ‘पटुकी’ लगायत फिल्ममा पनि अभिनय गरेकी छिन् ।

सम्बन्धित मोडेलहरू