25.12 °C
Kathmandu
काठमाडौँ– गायन रियालिटी सो ‘ओप्पो प्रिजेन्टस् द भ्वाइस अफ नेपाल’ सिजन–३ को प्रसारण चैत ६ गतेबाट सुरु हुने भएको छ ।
यो रियालिटी शो शुक्रबार र शनिवार राती ८ बजेदेखि हिमालयन टेलिभिजनमा कार्यक्रम प्रसारण हुन लागेको हो ।
कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलका अनुसार यसपटक पनि पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ एपिसोडहरु प्रसारण हुनेछन् ।
डिजिटल अडिसनमा सहभागी भएका करीब ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा प्रतिस्पर्धा गर्नेछन् ।
ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही बिन्दुबाट सुरु हुनेछ । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।
यसपटक भ्वाइसको टिममा गायिका तृष्णा गुरुङ भित्रिएकी छिन् । यसअघि दर्शकको मन जित्न सफल लोकप्रिय कोचहरु दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामालाई पनि यो सिजनमा देख्न पाइनेछ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?