सुर्खेतमा जन्मेकी मोडल तथा कलाकार विपाशा बिसी विगतदेखि काठमाडौंमा बस्दै आएकी छिन् । गोपीकृष्ण टिभीको रियालिटी शो ‘को बन्छ कलाकार’ मा छनोट भएपछि उनी काठमाडौं आएकी थिइन् । ५ फिट ५ इन्च अग्ली विपाशाले शोभित बस्नेतको फिल्म ‘दुलही रानी’ बाट अभिनय क्षेत्रमा प्रवेश गरिन् । त्यसपछि उनले झेली, चाल, विरानो माया लगायतका फिल्ममा पनि काम गरिन् । पछिल्लो समय भने उनी म्युजिक भिडियोमा बढी व्यस्त छिन् । झण्डै ६० वटाभन्दा बढी गीतमा मोडलिङ गरेकी विपाशा गीत रचना समेत गर्छिन् । साथै उनले विभिन्न महोत्सवमा हुने स्टेज प्रस्तुतिमा पनि व्यस्त हुने गर्छिन् । उनले आफूलाई ‘जलपरी’ को उपनामले चिनाउन चाहन्छिन् । हेरौँ उनका सुन्दर तस्वीर‍हरू:  

सम्बन्धित मोडेलहरू