काठमाडौँ – अरुण खड्काले निर्देशन गर्ने फिल्म ‘फटाहा फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक खड्काले शीर्ष भूमिकामा बुद्धि र रविसँग मंगलबार एग्रिमेन्ट भएको जानकारी दिए ।
यसअघि फिल्ममा अभिनेता कर्मा, छुल्ठिम गुरुङ, सुस्मा कार्की, रोहित रुम्बा लगायतका कलाकार अनुबन्ध भइसकेका छन् ।
फिल्म श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनले संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो । सुनिल मानन्धर प्रस्तुकर्ता रहेको फिल्मको निर्माता विक्रम सिंह गुरुङ र कार्यकारी निर्माता नेत्र बिष्ट रहेका छन् ।
फिल्ममा रोशन श्रेष्ठको द्वन्द, रामजी लामिछाने र कबिराज गहतराजको नृत्य, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायाँकन रहने जनाइएको छ ।
यस्तै फिल्ममा उत्तम केसीको कथा रहेको तथा पट्कथा, संवाद हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काको रहेको छ ।
यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
अपराधको बिषय कमेडीको माध्यमबाट पस्कन लागेको फिल्म चैत्रको पहिलोसाताबाट छायाँकन थालिनेछ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?