25.12 °C
Kathmandu
काठमाडौँ– विक्रम बराल र सज्जा चौलागाईंको स्वरमा सजिएको गीत "गल्ती २" सार्वजनिक भएको छ ।
युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा प्रदीप चापागाईँको शब्द सिर्जना रहेको छ । साथै गीतमा कल्याण सिंहको लय छ ।
यसअघि विक्रम बरालको स्वरमा रहेको 'गल्ती' सार्वजनिक गरिएको थियो । उक्त गीत दर्शकले रुचाएका थिए ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरेलाई फिचर्ड गरिएको छ । भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् भने बुद्ध थापाले खिचेका हुन् ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?