22.12 °C
Kathmandu
काठमाडौं– नायिका स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्म ‘थिरीमाली’मा अभिनय गर्ने भएकी छिन् ।
नेपालमा ७० प्रतिशत छायांकन गरिने उक्त फिल्ममा नेपाली र दक्षिण भारतीय फिल्मका कलाकारको अभिनय रहने जनाइएको छ ।
यसअघि पनि स्वस्तिमाले एक अङ्ग्रेजी फिल्ममा अभिनय गर्ने पनि फाइनल भएको थियो । उक्त फिल्म हलिउडको नभएर अमेरिकाको एक प्रान्तीय फिल्म भएको र त्यसमा आफूले भुटानी शरणार्थीको भूमिका निभाउन लागेको स्वस्तिमाले खबरहबसँगको कुराकानीमा बताएकी थिइन् ।
दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ मा अभिनय गर्नेबारे एक चरणको कुरा भए पनि अझै फाइनल भने भइसकेको छैन । फिल्ममा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, आना रेश्मा लगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।
फिल्ममा अन्य नेपाली कलाकारको पनि अभिनय रहने जनाइएको छ । यद्यपि फिल्ममा अभिनय गर्नेबारे स्वस्तिमाले अहिलेसम्म जानकारी दिएकी छैनिन् ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?