मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’ (भिडियो)

Advertisement
Advertisement

काठमाडौं – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मालाई शीर्ष भूमिकामा लिएर तयार पारिएको ‘फूलबुट्टे सारी’ को लेजेन्ड्री भर्सन सार्वजनिक गरिएको छ ।

यसअघि फिमेल र चाइल्ड भर्सन सार्वजनिक गरिएको यो गीतको मंगलबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी गीत म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा आर्जिनल गीतका स्रष्टा मार्मिक लामा, वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मिथिला शर्मा लगायतको उपस्थिति थियो ।

गीतमा स्वर समेत दिएका मदनकृष्ण श्रेष्ठले यो गीतलाई आफूले सक्दो न्याय दिन कोशिश गरेको बताए ।

गीतको भिडियोलाई राजेश पुमा राईले तयार पारेका हुन् । भिडियोमा मदनकृष्ण र मिथिलाले रोमान्टिक प्रेमभाव प्रस्तुत गरेका छन् ।

उत्सव दाहालले खिचेको यो भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।
 

 

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

सम्बन्धित समाचार