विनयजंग बस्नेत पक्राउ परेसँगै सपनाले लेखिन यस्तो भावुक स्टाटस

Advertisement
Advertisement

काठमाडौँ– अभद्र व्यवहार अभियोगमा प्रहरीले विनयजंग बस्नेतलाई पक्राउ गरेसँगै सपनाले आफ्नो न्यायका लागि साथ र सहयोग गर्ने सबैमा कृतज्ञता प्रकट गरेकी छिन । 

बीबीसीको प्रभावकाशी महिलाको सूचीमा परेकी सपना रोका मगरले बस्नेत पक्राउ परेसँगै भावुक स्टाटस लेखेर नेपाल प्रहरी प्रशासनलाई धन्यवाद् दिँदै आफ्नो अप्ठेरोमा अदम्य साहस दिने सबैसँग कृतज्ञता व्यक्त गरेकी हुन् ।

सपना रोका मगरको नग्न तस्वीर र भिडियो ‘लिक’ गराउने भन्दै बस्नेतले बारम्बार उनलाई धम्की दिएको आरोप लगाउँदै उनीविरुद्ध सपनाले प्रहरीमा जाहेरी दिएकी थिइन । 

बस्नेत पक्राउपछि सपनाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्- 'धेरै जनाको जिज्ञासा थियो म किन बोलिरहेको छैन भनेर । कानून भन्दा माथि हामी कोहि पनि थिएनौँ । सम्पुर्ण प्रहरी प्रशासनको अथक प्रयासपछि काठमाडौबाट फेरि फरार हुने क्रममा काठमाडौँ बसपार्कदेखि बिनयजंग बस्नेतलाई पक्राउ गरिएको छ । अब सत्यतत्थ कानूनी प्रक्रिया अनुसार नै बाहिर आउँछ । धेरै नै कोशिश गर्नु भयो मेरो चरित्र हत्या गर्नको लागि र कतिपय त सफल पनि हुनु भयो तर सबै जना लाई अवगत नै छ अराजकहरु क्षणिकको लागि विजय हुन्छन् र सत्य ढिलो नै सहि बाहिर पक्कै आउँछ । मलाइ हौसला दिनुहुने सबैप्रती धेरै आभारी छु र सम्पुर्ण प्रहरी प्रशासनप्रति नमन।'

बेवारिसे शव जलाउने सपनालाई बीबीसीले यस वर्ष विश्वको १०० प्रभावशाली महिलाको सूचीमा राखेको थियो । उनीसँगै शव जलाउने बस्नेतले सपनालाई छोरीका रुपमा चिनाउँदै आएका थिए ।

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार