'टाढा भए पनि' भन्दै पल र मलिका (भिडियो)

Advertisement
Advertisement

काठमाडौं – कलाकार पल शाह र मलिका महतको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

‘टाढा भए पनि’ बोलको गीतको फिमेज भर्सन युट्युबमार्फत शनिवार सार्वजनिक गरिएको हो । गीतमा अस्मिता अधिकारी र अर्गेन डोंगको स्वर सुन्न सकिन्छ ।

यो म्युजिक भिडियोको ओर्जिनल गीतलाई उर्गेन डोङले यसअघि नै रिलिज  गरेका थिए । गीत रुचाइएपछि यसको फिमेल भर्सन पनि तयार पारिएको हो ।

फिमेल भर्सनमा पल र मलिकालाई फिचरिङ गरिएको छ । यी दुईले अभिनय गरेको म्युजिक भिडियो ‘फूलबुट्टे सारी’ ले छोटो समयमै करोडौंले हेरेका थिए ।

‘टाढा भए पनि’ मा शब्द, संगीत र एरेन्ज उर्गेन डोङको रहेको छ । भिडियोमा प्रेमभाव प्रस्तुत गरिएको छ । यो भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् ।


 

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार