यस्तो छ 'लप्पन छप्पन २' को टिजर (भिडियो)

Advertisement
Advertisement

काठमाडौै – मुकुन्द भट्टले निर्माण तथा निर्देशन गरेको फिल्म 'लप्पन छप्पन ३' को टिजर सार्वजनिक गरिएको छ ।

निर्माण टिमले फिल्मको रिलिज मिति सार्वजनिक गर्दै टिजर सार्वजनिक गरेको हो । टिजरमा कलाकार सौगात मल्ललाई देख्न सकिन्छ । सौगातलाई टिजरमार्फत सुपरस्टार भनिएको छ ।

यसअघि पनि निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेको थियो । हालै सार्वजनिक गरिएको टिजर दोस्रो टिजर हो ।

फिल्ममा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ ।

साथै यो फिल्म चैत्र २७ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।

 

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार