ढाड दुख्ने समस्या छ ? यसरी पाउन सकिन्छ छुटकारा

Advertisement
Advertisement

काठमाडौं – चिसो बढेसँगै अधिकांश मानिसमा ढाड दुख्ने समस्या हुन्छ । अरु बेला कम ढाड दुख्ने समस्या भए पनि कतिपयलाई जाडो बढेसँगै चिसोमा ढाड दुख्ने समस्या हुन्छ ।

कम्मर, ढाड अर्थात् पिठ्युँ जो शरीरको खम्बा हो, जसले गर्दा पूरै शरीरलाई सीधा रहन सहयोग गर्छ ।

लामो समय एकनासले बस्दा, धेरै बेर निहुँरिदा, अगाडि पछाडि बढ्दा, गर्धन झुकाएर बस्दा, भारी सामान बोक्दा ढाड दुख्ने गर्छ ।

यस्तै मोटोपनाले नसा च्याँपिएर, उचाइअनुसार तौल नमिल्दा पनि दुख्ने गर्छ । कसैलाई कम्मर सहनै नसक्ने गरी दुख्ने गर्छ । ढाड दुख्ने समस्या छ त्यसको ख्याल गर्नुपर्छ ।

यसरी गर्नुहोस् ख्याल

कम्मर दुख्ने समस्या भएमा उचित आहार तथा जीवनशैली अपनाउनुपर्ने विज्ञहरुले बताउने गरेका छन् ।

यस्तो समस्या छ भने व्यस्त जिन्दगीका बाबजुद पनि एक घण्टा आराम गर्नुपर्छ । यदि लामो समय एउटै काम गर्दा बीचमा आराम गर्नुपर्छ । लामो समयदेखि बसिरहेको भए केही समय हिँडडुल गर्दा पनि ढाड दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

कतिपयलाई चिसोको समस्याले पनि ढाड दुख्ने समस्या हुन्छ । यस्तो अवस्थामा न्यानो कपडा लगाउनु लाभदायक हुन्छ ।

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार