राजेश र अनुपपछि ‘सत्यम्’ मा जोडिए पल

Advertisement
Advertisement

काठमाडौं – कलाकार पल शाह फिल्म ‘सत्यम्’ मा अनुबन्ध भएका छन् । शंकर कार्कीको निर्देशनमा बन्न लागेको फिल्ममा पल अनुबन्ध भएका हुन् ।

यसअघि फिल्ममा राजेश हमाल र अनुपविक्रम शाहीले काम गर्ने फाइनल गरिएको थियो । पल पनि जोडिएपछि फिल्मबारे चासो राख्न थालिएको छ ।

निर्माता रेशम सापकोटाले फिल्म राम्रो बनाउन कुनै कसर बाँकी नराख्ने र फिल्ममा कलाकार पनि राम्रो छानिएको बताए ।

फिल्ममा अडिसनमार्फत अन्य कलाकार चयन गर्न लागिएको छ । निर्माण टिमका अनुसार फिल्मको छायांकन चैत्रबाट शुरु गरिनेछ ।

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार