अन्जु पन्तसँगको विहेका विषयमा प्रेमी थिर कोइराला के भन्छन ?

Advertisement
Advertisement

काठमाडौँ– संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जुले पुनः विवाह गर्न लागेकी छन ।

इलामका थिर कोइरालासँग उनको बिहे हुन लागेको हो । उनी एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ । दुवैको परिवारमा बिहेको कुराकानी भइरहे पनि मिति भने तय भएको छैन ।

थिर कोइरालाले आफूहरु एक वर्षदेखि प्रेममा रहेको बताएका छन । उनले बिहेको कुरा भइरहेको बताउँदै भने, 'चाँडै पनि हुन सक्छ, केही समय पनि लाग्न सक्छ ।’ 

उनले भने–‘तुरुन्त बिहे गरिहाल्ने भन्ने योजना थिएन । अर्को वर्षतिर गर्ने कि भन्ने सल्लाह हुँदै थियो । तर बजारमा हल्ला भएपछि दबाब भने भएको छ ।’

थिर र अञ्जु दुवै क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तर्वार्ताको क्रममा अञ्जुको भेट भएको थियो । 
यसपछि उनीहरु नजिकिएका हुन । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । अञ्जुका अधिकांश तस्वीर थिरले सेयर गरेको देखिन्छ ।

अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन्। अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने विषयमा सोचिरहेको बताएकी थिइन्। 

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 63.64%
  • 0%
  • 9.09%
  • 0%
  • 27.27%

सम्बन्धित समाचार