एजेन्सी– शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न बिहानभन्दा साँझपख जगिंग गर्नु फाइदाजनक हुने एक तथ्यांकले देखाएको छ ।
वैज्ञानिकहरुको एक टिमको रिसर्चले साँझमा जगिंग गर्दा ५० प्रतिशत कम अक्सिजन खर्च हुने बताएकाे छ । कम अक्सिजन खर्च हुँदा मानिस धेरै उर्जाका साथ दौडिन सक्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
इजरायल विजम्यान इन्स्टिट्युुट अफ साइन्स र इर्विनस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकको टिमले यस विषयमा अध्ययन गरेको थियो ।
रिसर्चमा वैज्ञानिकले मुसालाई ट्रेडमिलमा दाैडाएका थिए । रिसर्च टिमले १२ मानिसकाे पनि अध्ययन गरेका थिए, जसमा मुसा र मानिसकाे अध्ययनबाट एउटै नतिजा आएकाे थियाे ।
२००९ मा साइकिलिंग इभेन्ट टुर दि फ्रान्स पनि साँझपख गरिएकाे थियाे, जुन साइक्लिस्ट्सकाे क्षमता बढाउन लागू गरिएकाे थियाे ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?