प्रभासकी आमा बन्दै हेमा, कौशल्याको भूमिका कस्तो रहला ?

Advertisement
Advertisement

मुम्बई । साउथ सुपरस्टार प्रभासको फिल्म ‘आदिपुरुष’ लगातार चर्चामा छ । अहिले सबैको आँखा यस फिल्ममा अड्किएको छ । फिल्म राम कहानीमा आधारित रहेर निर्माण हुन लागेको हो । फिल्ममा प्रभासले रामको भूमिका निर्वाह गर्दैछन् ।


फिल्ममा अभिनेता सैफअलि खान रावणको भूमिकामा देखिनेछन् भने अभिनेत्री कृति सेननको सिताको भूमिका रहनेछ । फिल्मको कौशल्याको भूमिका ड्रिम गर्ल हेमा मालिनीले निर्वाह गर्न लागेको अहिले समाचार बाहिर आएको छ । यस विषयमा हेमा र फिल्म युनिटले भने आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी रहेको छ ।


‘आदिपुरुष’ मेघा बजेटमा बनाउने तयारी गरिएको छ । ओम राउत टी सीरीजले सुप्रिमो भुषण कुमारसँग मिलेर यो फिल्म बनाउन लागेका हुन् । फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा बनाउने तयारी गरिएको छ ।
फिल्मलाई ओम राउतले निर्देशन गर्दैछन् ।

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार