माछा मार्न जाँदा बालुवामा भेटिएको यो 'ढुंगाजस्तो डल्लो'कै कारण करोडपति बन्दै यी युवक

Advertisement
Advertisement

एजेन्सी-  भनिन्छ भाग्य बाजा बजाएर आउँदैन ।

भाग्यमा जे छ त्यही हुन्छ भन्दैमा परिश्रम र मेहनतबाट टाढा भाग्नु भने हुँदैन । किनकी यसो गर्दा तपाइँको भाग्यमा भएको चिज झन टाढा भाग्न सक्छ, यो मनन गर्नु जरुरी छ । 

हालै थाइल्याण्डका २० वर्षे युवक एकाएक करोडपति बन्ने भएका छन् । उनले आफ्नो कर्मलाई निरन्तरता दिने क्रममै उनको भाग्य चम्किएको हो । उनी माछा मार्ने काम गर्थे । 

माछा मार्ने क्रममै फर्किने समयमा उनले समुद्र किनारको बालुवामा भेटेको एउटा ढुंगा जस्तो डल्लोका कारण करोडपति बन्ने पक्का भएको हो । 

उनले जनवरी ६ का दिन माछा मारेर फर्किने क्रममा बालुवामा मैनजस्तो डल्लो भेटेका थिए । यो डल्लो ह्वेलको बान्ता हुन सक्ने र यसको मूल्य २ लाख १० हजार पाउण्ड (३ करोड ३६ लाख रुपैयाँ) बराबर पर्ने डेलीमेलले जनाएको छ । 

चालेरम्चाइ महापनले जनवरी ६ का दिन दक्षिणी सोङख्ला प्रान्तको समिला बीचमा आफ्नो माछा मार्ने डुंगालाई किनारामा बाँधेर फर्किने क्रममा यो ७ किलोको डल्लो भेटेका थिए । उनका अनुसार त्यस दिन उनी मोलेट माछा मार्न भनेर गएका थिए तर अचानक मौसम खराब भएपछि उनी चाँडै किनारामा आउनु परेको थियो । 

उनले डुंगा थन्क्याएर फर्किने क्रममा किनारामा सेतो डल्लो देखे जसलाई पानीको छालले किनारतर्फ धकेलिरहेको थियो ।

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार