विवाहकै दिन मुख्यमन्त्री राई र जाङ्मुविरुद्ध मुद्दा हाल्छु भन्दै मिडियामा आइन् यी महिला 

Advertisement
Advertisement

काठमाडौँ-  आफूलाई विगत केही वर्ष अघिदेखि प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रेम गरेको भन्दै खुलेआम करणी गरेको आरोप लगाउँदै बालिका खड्काले विहेकै दिन मुद्दा हाल्ने भन्दै मिडियामा छाएकी छिन ।

आज जाङ्मुसंग विबाह बन्धनमा बाँधिन लागेका मुख्यमन्त्री राईविरुद्ध उनी मुद्धा हाल्ने तयारीमा लागेको भन्दै मिडियामा आएकी हुन । उनले शेरधनसंगको सम्बन्धमा अदालत विचाराधिन रहेको समयमा शेरधनले अर्को विबाह गर्न नपाउने आरोप लगाएकी छिन । 

शेरधनको विबाहको ठीक एक दिन अघि मात्र बालिकाले एक अन्तरवार्तामा आफूलाई अदालतले शेरधनसंगको सम्बन्ध विच्छेदको कुनै कागज पत्र नदिएको हुँदा शेरधनको श्रीमती रुपमा रहेको उनको भनाइ छ । बालिकाले शेरधनलाई मात्र नभइ उनीसंग विबाह गर्न लागेकी जाङ्मुलाई पनि बहुविबाहको मुद्धा हाल्ने बताएकी छन् । 

बालिकाको भनाइ अनुसार शेरधनले उनीसंग सम्बन्ध विच्छेद नगरिकन अरुसंग बिहे गर्न पाउँदैनन् । बालिकाले यस विषयमा भनिन,‘मैले पाएको जानकारी अनुसार शेरधनले विबाह गर्न लागेका जाङ्मु जम्मा १८ वर्षकी छिन् रे । तर शेरधन त ५६ वर्षका छन् । एउटी नातिनीका उमेर बराबरको नाबालीकासंग विबाह गर्दैछ शेरधनले भन्ने सुनेको हुनाले मेरो हिसाबमा यो विबाह बालविबाह हो । र यस्मा पनि उनलाई मुद्धा लाग्न सक्छ ।’ 

प्रदेश–१ का मुखयमन्त्री शेरधन राईले ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गरी आजै काठमाडौं नक्सालस्थित एलिस रिसेप्शनमा भोज दिँदैछन् । मुख्यमन्त्री राई र ज्याङ्मुको विवाह समारोहमा पाँच सय जनाको हाराकारीलाई मात्र निम्तो बाँडिएको बताइएको छ ।

विवाह समारोहमा आफन्तजन, राजनीतिकर्मी, कर्मचारी, केही कुटनीतिज्ञ र चुनिएका पत्रकारहरुलाई मात्र निमन्त्रणा गरिएको छ । विवाह समारोहमा निम्तालुलाई आइतबार दिउँसो ३ बजेपछि निमन्त्रणा गरिएको छ ।

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 7.14%
  • 14.29%
  • 35.71%
  • 35.71%
  • 7.14%

सम्बन्धित समाचार