सुन्तलाको जुस र बोक्राबाट सौन्दर्य सामाग्री बनाउने तालिम

Advertisement
Advertisement

स्याङ्जा- कोभिड प्रभावित र बेरोजगार युवायुवतीलाई लक्षित गर्दै सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री तथा सुन्तलाको जुस बनाउने तालिम प्रदान गरिएको छ ।

युवाहरुलाई रोजगारी र उद्यमशीलतासँग जोड्ने उदेश्यले पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा तालीम सहित सामाग्री वितरण गरीएको हो ।

पुतलीबजार-३ स्थित सूर्योदय क्लवको व्यवस्थापन तथा पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीको आर्थिक सहयोगमा तालिम प्रदान गरिएको हो ।

कोभिड-१९ उद्धार सामाजिक आर्थिक प्रतिकार्य परियोजना कार्यक्रम अन्तर्गतको तालिममा सुन्तलाको चिया, फेसियल पाउडर, जुस र स्क्‍वास बनाउन सिकाइएको थियो ।

सुन्तला शहरको रुपमा विकाश भैरहेको पुतलीबजार नगरभित्र उत्पादन भएको हस्तकला, खाद्यान्न तथा नगदेबाली खरिद बिक्री गर्न कोसेली घरको निर्माण गरिने नगरप्रमुख सिमा कुमारी क्षेत्रीको भनाई छ ।

यहाँ उत्पादन हुने कोदो , मकै , सुन्तलाको जुस स्क्‍वास सवै परिकार कोसेली घरमा पाईनेछ । कोसेली घरको घरभाडा नगरपालिकाले प्रदान गर्ने क्षेत्रीको भनाई छ ।

यो तालिमलाई व्यवसायिक बनाउन सके बर्षेनी झरेर खेर जाने कुहिने र सानो दाना भएका कारण बोटमै छाडिने सुन्तलाको समेत सदुपयोग हुने सुन्तला कृषकको भनाइ छ ।

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार