25.12 °C
Kathmandu
काठमाडौं – टिकटक विश्वकै सबैभन्दा लोकप्रिय एप बनेको छ ।
मोबाइल एप इन्टिलिजेन्स एजेन्सी एप एन्नीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२० मा सामाजिक सञ्जाल फेसबुकमा भन्दा भिडियो प्लेटफर्म टिकटकमा प्रयोगकर्ताले बढी समय बिताएका छन् ।
फेसबुकलाई पछि पार्दै टिकटक लोकप्रिय बनेको उक्त तथ्यांकले देखाएको हो ।
सो प्रतिवेदन अनुसार फेसबुक कम्पनीको रुपमा फेसबुककै वर्चस्व भएतापनि सिंगल एपको रुपमा टिकटक धेरै अघि रहेको छ ।
यसको अर्थ फेसबुक कम्पनीको रुपमा फेसबुक, फेसबुक म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएपलाई समेत हेर्ने हो भने उसकै वर्चस्व रहेको छ ।
प्रयोगकर्ताले समय बिताउने एपको रुपमा एप एन्नीले सार्वजनिक गरेको उत्कृष्ट पाँच एपमा फेसबुक, फेसबुक म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप सबै समावेश रहेका छन् । तर, फेसबुकसँगमात्रै दाँज्ने हो भने टिकटक धेरै अघि रहेको छ ।
उक्त प्रतिवेदन प्रयोगकर्ताले औषतरुपमा मासिक समय बिताउनेमा एपमा टिकटकको वृद्धि उच्च रहेको छ ।
जसअनुसार अमेरिकामा ७० र यूकेमा ८० प्रतिशतले वृद्धि भइहरको छ । हाल टिकटकका सक्रिय प्रयोगकर्ता विश्वमा १ अर्ब २० करोड रहेको उक्त तथ्यांकले देखाएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?