‘दि भ्वाइस अफ नेपाल’को जजमा तृष्णाको इन्ट्री, आस्थाले दिइन् यस्तो प्रतिक्रिया

Advertisement
Advertisement

काठमाडौँ– रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ तेस्रो सिजनको जज परिवर्तन भएपछि सामाजिक सञ्जालमा टिकाटिप्पणीहरु शुरु भएको पाइएको छ । 

भ्वाइसको दोस्रो सिजनमा जजको भुमिका निभाएकी आस्था राउत सिजन ३ मा आउट भएकी छिन । 

गायिका राउतले कामका चापले गर्दा आफुले भ्वाइस अफ नेपालको टिमबाट बाहिरिनु परेको बताएकी
छन्। उनले व्यत्तिगत काम ब्यस्त भएको कारण, भ्वाइसको सल्लाहमा नै बाहिरिएको प्रतिक्रिया दिएकी छिन ।

उनले भनिन्,‘ म भ्वाइसबाट बाहिरिदा यसमा कुनै पनि शंका छैन। लकडाउनका कारण मेरा धेरै कामहरु
रोकिएका छन्। पर्सनल कामहरु पेन्डिङ भएका कारण भ्वाइसलाई समय दिन नसक्ने भएँ । त्यसैले म बाहिरिएकी हुँ।’

उनले भ्वाइसको मिटिङमा मेरो व्यत्तिगत तथा अन्य काम भएका कारण यो सिजनमा काम गर्न कठिनाई भएको प्रस्ताव राखेको र टिमले पनि स्वीकारेको बताइन ।

उनले आफ्नै सल्लाह बमोजिम नयाँ कोचका रुपमा तृष्णा गुरुङलाई भित्राएको दाबी समेत गरिन । 

टिमसँगको सल्लाहमा युथको लागि आकर्षण गर्न सक्ने को कोच हुन सक्ला भन्ने विषयमा छलफल हुँदा
मैले केहिको नाम दिएको थिए। 

मैले प्रस्ताव गरेकै मान्छे जजका रुपमा पाउँदा खुशी लागेको समेत उनले बताइन । 

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार