माघी पर्वमा थारु संस्कृतिमा सजिएका सुन्दरीहरु (फोटोफिचर)

Advertisement
Advertisement

काठमाडौँ– बिहीबार थारु जातिको मुख्य पर्व माघी काठमाडौं लगायत देशभर मनाइएको छ । 

हरेक वर्ष माघको पहिलो दिन थारु जातिले माघी पर्व मनाउने गर्दछन् । यस वर्ष पनि काठमाडौं लगायत थारुहरुको बहुल्यता भएको विभिन्न ठाउँमा माघी पर्व मनाइएको छ । 

अघिल्ला वर्षहरुमा काठमाडौं लगायत विभिन्न ठाउँमा औपचारिक कार्यक्रम गरी धुमधाम र हर्सोल्लासका साथ माघी मनाइने गरिएको थियो । 

यसपाली भने कोभिड १९ संक्रमणका कारण देशभर सानो समुहमा अथवा परिवारभित्र मात्रै माघी पर्व मनाइएको छ । 

माघीमा मिठो मिठो परिकारहरु बनाएर खाने प्रचलन छ । यस पर्वमा मौलिक परिकारहरु चिचर .(भत्कुन),सितुवा, घुँगी, हाँसको मासु लगायतका परिकारहरु बनाएर खाने गरिन्छ । 

आफ्नो कला, संस्कृति झल्किने पोशाक लगाएर धुमधामसाग माघी मनाइने गरिन्छ । 

तस्वीर-रासस

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार