पोखरामा ‘फेसन शो’ आयोजना हुने

Advertisement
Advertisement

पोखरा – पर्यटकीय शहर पोखरामा हेरिटेज अफ फेसन नेपालले फेशन शो आयोजना गर्ने भएको छ । आउँदो अगस्ट २ मा हुने उक्त ‘फेसन शो’ मा नयाँ मोडलहरुको समेत प्रस्तुति रहने जनाइएको छ ।

मंगलबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले इभेन्टबारे जानकारी गराए । कार्यक्रममा शो स्टपरका रुपमा अभिनेता प्रशान्त ताम्राकारलाई देख्न सकिनेछ । ताम्राकार मोडलिङको क्षेत्रमा पनि उत्तिकै लोकप्रिय छन् ।

कार्यक्रममा गायिका मिलन नेपाल र प्राप्ति तुलाचनले आफ्नो प्रस्तुति दिनेछन् । यस्तै शो मा मुस्कान रानीको कोरियोग्राफी रहनेछ । कार्यक्रममा गायक धिरज राईको पनि सहभागिता रहने जनाइएको छ ।

आयोजकले भिजिट नेपाल २०२० लाई लक्षित गर्दै कार्यक्रम गर्न लागेको जनाएको छ ।

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार