मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विशेष डिभाइसको मद्दतमा गायिका मेनुकाले अब आँखा देख्ने

काठमाडौं – गायिका मेनुका पौडेलले अब आँखा देख्ने भएकी छन् । जन्मजात दृष्टिविहीन मेनुकाको आँखाको उपचार गर्न लागिएको इण्डियन आइडलको आइतबारको एपिसोडमा जानकारी दिइयो ।

इण्डियन आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सकलाई आँखाको चेकअप गराएको छ । सो क्रममा चिकित्सकले उनको आँखाको अवस्था हेरेका अप्टिक नर्भले काम नगरेको र त्यही कारण उनले देख्न सक्ने सम्भावना नरहेको बताएका थिए । चेकअपमा चिकित्सकले उनले पूर्णरुपमा दृष्टि पाउन नसके पनि विशेष डिभाइसको मद्दतमा आंशिक दृष्टि पाउन सक्ने बताएका छन् ।

कार्यक्रममा चिकित्सकको एक भिडियो समेत देखाइएको थियो । भिडियोमा चिकित्सकले उनी एक्लै हिँड्न, अनुहार पहिचान गर्न, आफ्नो अगाडि को उभिएको छ भनेर थाहा पाउन र पढ्न पनि एकदमै सजिलोसँग सक्ने बताएका छन् । मेनुका इण्डियन आइडलको उत्कृष्ट १० मा पुगिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?